कस्तो सहयोगी मन

अशोज १२, २०८०

इश्वर प्रताप लामा ( आशिष) सिमरा,बारा

प्रभु शमसेर जबरा तथा राजी राणा परोपकार निजी गुठी संस्था द्वारा बाराको जीतपुरसीमरा उ.म.न.पा. वडा नं -6 स्थित नगौलमा सात कठ्ठा १२ घुर जमिन खरिद गरी गरिब तथा अति विपन्न वर्गका मुसहर( घाँगर ) जाति समुदायको लागि २० वटा घर बनाइदिएका छन् ।

वडाका अध्यक्ष क्यामुदिन असारीको विशेष पहलमा निर्माण गरिएको उक्त भवनको आज एक भव्य कार्यक्रमको आयोजना गरी सम्बन्धीत विपन्न वर्गका मानिसहरू लाई उक्त घर जग्गा वितरण गरिएको हो।

उक्त कार्यक्रममा २० सैवटा परिवार लाई गोला प्रथा द्वारा घर वितरण गर्दै घर को साँचो लगायत प्रत्येक परिवारलाई नगद रु १०,००० समेत हस्तान्तरण गरिएको थियो । घरवार विहिन मुसहर समुदायलाई लक्षित गरी निर्माण गरिएको भवन यसरी हस्तान्तरण गर्न पाउँदा आफुलाई सारै नै खुसी लागेको र गुठ्ठीले देशभर समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्थापक राजी राणाले जानकारी गराउनु भयो तर उक्त घर जग्गा भवन निर्माणमा सस्थाको कति लगानी भयो भन्ने कुरा उहाले बताउन चाहानु भएन।

यस प्रभु शमसेर जबरा तथा राजी राणा परोपकारी निजि गुठ्ठी संस्थाले आफ्नो क्षेत्रमा राम्रो र अति प्रशंसनीय कार्य गरेकोमा आजको यस भवन हस्तान्तण कार्यक्रमको सभापति तथा गुठ्ठीका संस्थापक रहनु भएका राणालाई प्रमुख अतिथी मदेस प्रदेस का मान्य सदस्य श्री देवनारायण चौधरी ले धन्यवाद सहितको दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यस्ता परोपकारी मन भएका ब्यक्ति र संस्थाहरु आजभोली भेटाउन निक्कै गाह्रो रहेको यो समयमा यस्तो कार्यले यहाँका विपन्न वर्गका मुसहर हरुमा ठुलो योगदान भएको र यसले सबै मानव जीवन र वसतीहरुमा सहयोगी भावना र मानव मानव बिचको प्रेम र कर्तब्य जागरण भएर जाने देखिन्छ।