इश्वर प्राताप लामा(आशिष) बारा
सिमरा:- गत चैत्र २७ र २८ गते कोशी प्रदेशको धराना अवस्थित कृपा इमानुएल चर्चामा भएको ncfn को केन्द्रिय महिला तथा युवा बिभाग को अधिवेशनलाई लिएर माथिको आदेश भन्ने बिषयले सामाजिक संजालमा निकै चर्चा पाएपछि हामीले मिति २०८२-१-१ गते ncfn को महिला तथा युवा बिभागको अधिवेशन तथा माथिको आदेश शिर्षकमा समाचार लेखेका थियौ ।यस बिषयलाई लिएर मिति २०८२-१-४ गते कमला गुरुङ(मारिया) ले सामाजिक संजाल फेस बुकमा मिलाप अन्लाईन टिभी प्रा.लि.को नाममा लेखिएको खुल्ला पत्रप्रती हाम्रो ध्यान आकर्षण भएकोले त्यस बिषयमा हामी स्पष्ट पार्न चाहन्छौ ।

१.पदमा रहदा निष्क्रिय भएको भन्ने बिषय सातैवटा प्रदेशको नभई केवल मधेस प्रदेशको हकमा मात्र गरिएको हो । २.पदमा रहदा ब्यक्तिगत फाइदा मात्र उठाएको भन्ने बिषय प्रदेशका युवा युवतीको आत्मिक उत्थानमा समय नदिई केवल आफ्नो परिवार र पठाईलाई मात्रा काठमाडौमा बसी ध्यान दिएको भन्ने हो । जुन पुर्व कार्य समितिको गुनासो हो । ३.हालको समितिमा आफू बस्ने चाहाना व्यक्त गर्दा छनौटमा नपरेको बिषयमा प्रदेश अध्यक्षले जानकारी गराएको बिषय हो जुन युवाहरू सङ्गको सरसल्लाह पछिको कुरा रहेको हो । ४.केन्द्रले कसरी महिला बिभागमा मनोनीत गरे यो बिषयमा केन्द्र मौन रहेको अवस्था छ । ५.पुरानो रिस र एका देशको कथा भन्ने शव्द समाचार सामाजिक संजालमा आएपछि संस्थाको गरिमामय इतिहास र पदाधिकारीहरुको बिगतको त्याग मेहनत र बलिदानलाई भुली धमिलो पानीमा माछा मार्न चाहाने स्वार्थी र औसरबादीहरुको शब्द हो ।
तसर्थ हाम्रो सत्य तथ्य समाचार हाम्रा पाठक वर्गहरुमा पुर्याउने र समान्तको लागि संचार भन्ने एउटा बिशुद्द चाहाना हो कोही कसैलाई ब्यक्तिगत मानहानी पुर्याउने र दोस लगाउने उद्देश्य नभएपनी यस समाचार सम्प्रेषणले तपाईको ब्यक्तिगत जिवनमा आच आउने र चोट लाग्न गएकोमा हामी क्षेमा चाहन्छौ । साथै उक्त समाचार सम्प्रेषण पछि तपाईंको यस समाचार प्रती केही भनाई भए राख्नुस भनी हामीले गरेको आग्रहलाई स्मरण गराउन पनि चाहन्छौ । उक्त समाचारमा किसोर शाहिलाई राख्नुपर्ने म्यासेज केन्द्रिय अध्यक्षले केन्द्रिय कोषाध्यक्ष हिमाल राईलाई पठाएको भन्ने बिषय पनि त्रुटिपुर्ण रहेकोले यसबाट पर्न गएको सैधान्तिक असरबारे क्षेमा चाहन्छौ । साथै उक्त मितिको हाम्रो समाचार सच्याईएको बिषयमा पनि पाठकवर्गमा जानकरी गराउन चाहन्छु । अन्ततः यसबाट हाम्रा पाठकवर्गहरु र तपाईं मारिया गुरुङलाई पर्न गएको चोट र पिडा प्रती हामी क्षेमाप्रार्थी छौ ।