बारा ,कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको छ । यससँगै नेपाल एसिया कपमा छनोट भएको हो।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ‘ए’मा तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।

मंगलबारबाट सुरु भएको फाइनल खेल वर्षापछि रोकिएर बुधबार पुन: सुरु भएको हो । जसमा यूएईले ११८ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पुरा गर्न ब्याटिङ थालेको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि युवा ब्याटर गुल्सान झाले अर्धशतकिय पारी खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्काको मद्धतमा ६७ रनको योगदान गरे । कुनैबेला २३ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई गुल्सानले उद्धार गरे । उनलाई क्रिजमा राम्रो साथ दिएका भीम सार्कीले ३६ रन बनाए ।

इश्वर प्रताप लामा

सिमरा