इश्वर प्रताप लामा(आशिष) सिमरा बारा

जीतपुरसीमरा उमनपा वडा नं ३ मा अवस्थित श्री जनजागरण मध्यवर्ती सामुदायिक वन समितिले हिजो एक कार्यक्रम आयोजना गरी एकदिने निशुल्क ऑखा शिविर सञ्चालन गरेको छ ।

बिरगंज सामुदायिक आँखा अस्पताल को विशेष सहयोग तथा सामुदायिक वन समितिको आयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष श्री तारा बहादुर कार्की बिशिष्ट अतिथि श्री मुसहर्नीमाई म सा.व.स का अध्यक्ष श्री कुबेर न्यौपाने, नेकपा एमाले वडा कमिटि अध्यक्ष श्री शुक्र श्रेष्ठ लगायत वडा सदस्य चीन बहादुर पाख्रीन रहनु भएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष इश्वरी लामाले प्रमुख अतिथि विशिष्ट अतिथी लगायत प्राविधिकहरुलाई खादा लगाई दिनु भएको थियो । विशेष समयमा बोल्दै प्रमुख अतिथि कार्कीले वडा सग समन्वयन नगरेकोमा गुनासो पोख्दै आफुले सबै क्षेत्रबाट समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

समितिले आफ्नो उपभोक्ताहरू लाई ध्यानमा राखी यो कार्यक्रम आयोजना गरेको समितिका सदस्य टेक बहादुर श्रेष्ठले बताउनुभयो । वन समितिमा आवद्ध रहेका सबै उपभोक्ताहरु को हितमा हुनेगरी उक्त कार्यक्रम सञ्चालन गरेका भएता पनि नजिकै पर्ने वडामा पनि यस्तो कार्यक्रम आयोजना गरिएको ले करिब एक सय पचासीको हाराहारीमा उपभोक्ता हरुको उपस्थिती रहेको थियो ।

गाउँमा सधै खेतीपाती,घांस दाउरा आदिमा व्यस्त रहने आमा बुवा हरूमा समयको अभाव चेतनाको अभाव लगाएत अस्पतालको दुरी टांडा रहनुले पनि समयमा नै उपचार नगराउँदा मोतिबिन्दुको समस्या बढ्दै गएको देख्न सकिन्छ । शिविरमा आँखा जचाएका एकसय जना मध्ये पैंतालिस जना आमा बुवा हरुमा मोतिविन्दु को समस्या देखा परेको थियो ।

त्यस्ता समस्या भएको उपभोक्ता हरुलाई बिरगंज सामुदायिक आँखा अस्पतालले नि शुल्क अपरेशन गरिदिने भएको छ भने अपरेसनमा लाग्ने सामान्य खर्च प्रतिव्यक्ति पचिस सय रुपैयाँ वडा न ३ का तर्फबाट सहयोग गरिदिने वडा अध्यक्ष कार्कीले जाहेर गर्नुभयो ।

अस्पतालको तर्फबाट व्यवस्थापन टिमका प्रमुख प्रेम घिमिरेले गाउँ घरका मानिसहरूमा चेतनाको कमीले प्रायजसो आँखाको समस्या हुने गरेको पाइएकोले आफुहरुले यस्ता कार्यक्रमलाई विशेष गाउँमुखी बनाएको बताउनुभयो ।