इश्वर प्रताप लामा (आशिष) सिमरा, बारा
रामवन: बाराको जीतपुरसीमरा उ.म.न.पा ले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न, दलित, जनजाति तथा महिलाहरु बिच गरिवी निवारण कार्यक्रम अन्तरगत वडा नं ३ र ६ का वडावासीका बिच एक दिने जानकारी तथा परिचयात्मक गोष्टि सम्पन्न गरेको छ ।
श्री जन जागरण म.सा.वन समुहको पहलमा भएको उक्त गोष्टिमा यस सामुदायिक वनमा आवद्ध रहेका ३ वटा टोल बचत समुह र श्री मुसहर्नीमाई म.सा. वन समुहका १ वटा बचत समुहका सदस्यहरु गरी करिब ५५/६० जनाको हाराहारीमा उपस्थित भएका थिए । करिब सन१९९८ जुन देखी २००४ जनवरी सम्ममा नेपालको विभिन्न १० वटा जिल्लाहरू, सन २००४ फेब्रुवरी देखी २००८ मार्च सम्म २५ वटा जिल्लाहरू, सन २००८ अप्रील देखी २०१३ जुलाई सम्ममा ३८ वटा जिल्लाहरू मा युएनडिपी द्वारा संचालनमा रहेका यस सफल कार्यक्रम लाई पछि सन २०२० देखी हाल सम्म नेपाल सरकारले अपनत्तो लिएपछि देशभर ७५३ वटै स्थानीय निकायहरूमा यो कार्यक्रम विस्तारीत अवस्थामा रहेको छ ।
हाल नगर प्रमुख राजन पौडेलको विशेष पहल तथा संयोजकत्वमा ७ जना उधम कार्य समिति र उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन भई पहिलो चरणमा यो लघु उधम योजना संचालनमा आउन लागेको हो ।
लघुउधम संचालन गर्न इच्छुक रहेको अति विपन्न वर्ग समुदायलाई लक्षीत गरिएको यस कार्यक्रमलाई सफल र सहज बनाउन नगरबाट नै विशेष तालिम, सहुलियत दरमा ऋण तथा बजार व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रमको संचालक तथा फ्यासलेटर नगरका उधम शाखाका प्रमुख दिप नारायण चौधरीले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा सहभागी भएका अधिकांस सदस्यहरू नगरले ल्याएको यो योजना प्रति लालयित र आशावादी देखिन्थ्यो कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन श्री जन जागरण म.सा.वन का अधक्ष्य ले गर्नुभएको थियो ।