रामबन टडी : जीतपुरसीमरा उ.म.न.पा.-३ मा अवस्थित आर.टि.युवा क्लबले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । बिभिन्न्न कारणहरुवस बिगत पाँच बर्षदेखि कुनै मिटिङ्ग न त बार्षिक साधारण सभानै हुन सकेको थियो । त्यस्तो अवस्थामा क्लबलाई पुर्ण मुर्तरुप दिन क्लबका पदाधिकारीहरुले अधिवेशन बोलाएको हो ।

अधिवेशनमा क्लब प्रतिको युवाहरूको चासो,गुनासो र आक्रोश देख्दा क्लब हुनुपर्ने सक्रिय गराउनु पर्ने र क्लबको दुरुपयोग गरे आफुहरुले खुलेर प्रतिकार गर्ने जस्ता गतिविधिहरु आवजहरु उठाएका देखिन्थ्यो । प्रायजसो युवाहरुले क्लबले बर्सेनि अधिवेशन नगरेको र क्लबलाई चुस्त दुरुस्त नराखेकोमा मिलाप खबरसंग गुनासो पोखे । क्लबकोले गरेको आम्दानी रु.५४०३०० र खर्च रु ५६३८७० रहेको र बैक मौज्दात रु३२०० रहेको आर्थिक प्रतिवेदन क्लबका सचिव बिपिन स्याङ्बोले प्रस्तुत गर्दै गर्दा केही सचेत युवाहरु र रा.स.पा.का वडा सभापति दिलिप थापाले सचिवको आर्थिक प्रतिवेदन अनुसार रु.२३५७०घाटामा रहेको संस्थामा त्यो बैक मौज्दात काहाबाट आयो भन्दै प्रस्न गरेका थिए ।

क्लबले खेलाएको प्रथम गोल्डकप प्रतियोगितामा मान्य नेतागणहरुलाई खाजा खर्चमा गरेको ७०,००० (सत्तरी हजार ) को सन्दर्भमा केहिवेर अधिवेशनमा सवाल जवाफ नै चल्यो । जस्मा अध्यक्ष दिपक लामाले मात्र जवाफ दिनुपर्दा क्लबमा अरु सदस्यहरुको कुनै भुमिका र चासो नभएको होकी भन्ने भान हुन्थ्यो

संघ संगठन,समूह,समुदाय र समाजमा अवस्थित यस्ता क्लबहरुको आ-आफ्नै विधि र बिधान छ । त्यसै अन्तरगत संगठन जवाफदेही हुनुपर्ने हुन्छ । अधिवेशन, मिटिङ्ग र जन स्तरमा उठेका यस्ता थुप्रै सवालहरुको जवाफ दिने, क्लबका राम्रा नराम्रा कार्यहरुको अपनतो लिने अध्यक्ष बाहेक अन्य उच्च पदमा बसेका पदाधिकारी र सदस्यहरुको पनि जिम्मेवारी र कर्तव्य हो तर त्यो क्लबका कुनै पदाधिकारीहरुमा देखिएन आन्तरिक केही समस्या भए अधिवेशन अगावै समिती बसी सबै तितोपन र अबुझाईहरुको समाधान गर्नु पर्दथ्यो तर त्यस्तो गरिएको देखिएन अधिवेशनमा अध्यक्षलाई एकलो बनाउनु सबै कुरा केवल अध्यक्ष केन्द्रित मात्र हुनुले भाबिदिनहरुमा यसले एउटा समाजलाई युवा वर्गहरु समेटिकेही परिवर्तन गर्छौ भन्ने मनसाय बोकेका दिपक लामा जस्ता थुप्रै नेतृत्वहरुको मनमा समाजसेवा प्रतिको आफ्नो बिचार र सक्रियतामा ठेस आउने, काम गर्ने भावना हराएर जाने र युवावर्ग नेतृत्व बिहिनहुन सक्ने सम्भावना प्रबल देखिन्छ ।

हो कमिकम्जोरी र गल्ती भएकै हो तर हामीले हरेक गल्तिबाट सिक्दैजाने र त्यो गल्तिलाई पुन दोहोर्‍याउन नदिने मौका हामी युवाहरुले नेतृत्ववर्गलाई दिनुपर्दछ । अन्यथा नेतृत्वबिहिन युवावर्गहरुमा गलत मोड र बिक्रीती र बिसङगतिले जरा गाडन समय लाग्नेछैन । जुन चाहिँ घर,समाज र राष्ट्रप्रती घातक साबित हुनसक्छ । अन्ततः सबै युवावर्गहरुमा सकारात्मक सोचाइको साथ आफुलाई समाजर क्लब प्रती जवाफदेही बनाउनु पर्ने आजको आवस्यकता देखिन्छ ।

यस प्रथम अधिवेशनमा सभापति क्लबका अध्यक्ष दिपक लामा प्रमुख अतिथि वडान. ३ का कार्यवाहक अध्यक्ष माया बिक बिविशिष्ट अतिथिहरुमा वडा सदस्य संकर लामा,नेकपा एमाले जिल्ला कमिटी सद्स्य तथा वडा न. ३ का इन्चार्ज कमल देवकोटा नेकपा एमाले वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठ रा.स.पा. वडा कमिटी सभापति दिलिप थापा जनहित मध्यवर्ती सामुदायिक समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ जन जागरण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष इश्वरी लामा नेकपा एमाले नगर कमिटी सदस्य कमला वाइबा र सर्मिला वाइबा रहेका थिए ।

आजको अधिवेशनबाट नौ सदसिय पदाधिकारीहरु छनौट भएकाछन् जस्मा १.अध्यक्ष बिपिन स्याङ्बो २. उपाध्यक्ष कृष्ण पन्त ३.सचीव समीर दोङ्ग ४. कोषाध्यक्ष सर्मिला वाइबा ५ स सचिव रुपेश श्रेष्ठ ६.सदस्यहरु बिजय पाखरिन ७.जितेन्द्र सहनी ८.जितन खड्का र ९.पिन्के पाखरिन रहेका छन । कार्यक्रमको संचालक आर्केनटासिङ छोलिङ्ग गुम्बा समितिका सचिव लोक बहदुर दोङ्गले गर्नुभएको थियो ।