इश्वर प्रताप लामा(आशिष) / बारा

सिमरा रामबन: मधेसमा पछिल्लो समय सुख्खा परेको कारण जनजीवन एकदमै अस्तब्यस्त भएको र खेतीयोग्य जमिनहरुमा धानबाली लागाउन समेत नसकेको, लगाएको बालिनालिहरुमा पनि पानी नपरेको कारण जमिन चिराचिरा परी बालिनालीहरुनै मर्न लागिरहेको अवस्था छ । केन्द्रिय सरकारले मधेसलाई सुख्खा क्षेत्र लगायत राहतका प्याकेजहरु घोषणा गरेको छ भने यि सबै हुनुमा बड्दो औधोगिककरण,बोटबिरुवा मासिनु र दिनप्रतिदिन चुरेको दोहनमा वृद्धिहुनु नै प्रमुख कारण रहेको मौसमबिधहरुको ठहर छ । यस्तो अवस्था मधेसले सामना गर्दौगर्दा सानो प्रयास भएपनी राम्रो कामको थालनी गर्दै आर.टि.युवा क्लबले आज बाराको जीतपुरसीमरा उपमहानगर पालिका -३ मा रहेको वडा द्वारा संरक्षण गरिएको करिब एक बिगाहा ऎलानी जमिनमा विभिन्न प्रजातिको पाँच सय बोटबिरुवाहरु रोपेकाछन ।

क्लबका अध्यक्ष बिपिन स्याङ्बोबोका अनुसार बड्दो सुख्खापनलाई मध्ये नजर गर्दै भाबियुवा पुस्ताहरु र आम जनमानसमा जनचेतना जगाउन क्लबको निर्णय अनुसारनै यो कार्य सम्पन्न गरिएको हो । उहाँको भनाई अनुसार वडा कार्यलयको सिफारिसमा जिल्ला वन डिभिजन कार्यलय सिमराको सहयोगमा बोटबिरुवाहरु उपलब्ध गराई क्लबका पदाधिकारीहरु सहित यो कार्य भएको र यसलाई रोपेर छोड्ने मात्र नभई हुर्काउन पनि निरन्तर सहयोग र निगरानी गर्ने क्लबको उद्देश्य रहेको छ ।

धेरै संघ संघसंगठनहरुले बोटबिरुवा रोप्नेगरेको र पछिबाट त्यसको संरक्षण र हुर्काउने कुरामा कुनै लगानी गर्ने नगरेकोले यस्ता बिरुवा रोपने कार्य एउटा फेसनको रुपमा मात्र सामाजिक संजालमा आउने गरेको तर उपलब्धि चाहिँ शन्यू आउने गरेको छ ।क्लबले यो कार्यमा हुर्काउने समय पनि दिन र लगनी गर्नसके उपयोगी मुलक रहने देखिन्छ । वडा अध्यक्ष माया बिकके एउटा बिरुवा रोपि सुरुवात गरेको आजको यस कार्यक्रममा स्थानीय बासिन्दा,प्रहरी निकाय,रोज एकेडेमीका प्रधानध्यापक सोम बहादुर थिङ्ग बिद्दिजिबीहरु सोम बहादुर लामा,बुद्द्शम्शेर स्याङ्बो लगाएत क्लबका उपाध्यक्ष कृष्ण पन्त कोषाध्यक्ष सर्मिला वाइबा,सचिव समीर दोङ्ग

क्लबको सदस्यहरु,र उर्केनटासी छोलिङ्ग गुम्बा समितिको अध्यक्ष मङगले पाखृन स्थानीय व्यापारी अकल बहादुर दोङ्ग आदिको उपस्थिति रहेको थियो।Edit